Section 25
निरीक्षण, जाँचबुझ वा खानतलासी गर्न सक्ने
: (१) कसैले यो ऐन वा यस अन्तर्गत बनेको नियम विपरीत कुनै काम कारबाही गरिरहेको छ भन्ने विश्वास हुने मनासिब कारण भएमा वा सो सम्बन्धमा दफा २३ बमोजिम उजुरी प्राप्त भएमा बजार संरक्षण अधिकृत वा बोर्डद्वारा गठित उपसमितिले सम्बन्धित ठाउँको निरीक्षण, जाँचबुझ वा खानतलासी गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।